धरानलाई पराजित गर्दै एपिएफ आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पाेखरा | पुस १६, २०७९

धरानलाई पराजित गर्दै एपिएफ आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखराः   साविक विजेता नेपाल एपिएफ फुटबल क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । 


सहारा क्लब पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा  आज (शनिबार) पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा धरान एफसीलाई २–० ले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो हाफमै दुई गोलको अग्रतालाई जोगाउँदै सेमिफाइनलमा प्रवेश पक्का गरेको हो । 


एपिएफलाई जित दिलाउन विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औं मिनेटमा विकुको गोलमा एपिएफले अग्रता लिएको हो । मैदानमा झण्डै मध्यबाट आएको पासलाई नियन्त्रणमा लिँदै विकुले उत्कृष्ट फिनिसिङ गरेका थिए । युवराजले ४० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए ।


म्यान अफ दि म्याच समेत घोषित भएका विकुले पहिलो हाफमै गोल गर्न सकिएको र सबैले मेहनत गरेका कारण खेल जित्न सफल भएको बताएका छन् । पहिलो समय टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको जनाउँदै उनले भने,‘ केहि राम्रो विदेशी खेलाडी ल्याउने हो भने हामी लिग पनि जित्न सक्छौं ।’


पहिलो पटक गत वर्ष आहा ! रारा गोल्डकप जितेको एपिएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लबमध्ये एकको पुस २० गते को सामना गर्नेछ ।


प्रतियोगितामा आइतबारको क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो । विजेता टोलीले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले का...

थप पढ्नुहोस्

गण्डकी:  पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ ।  राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा...

थप पढ्नुहोस्

पोखरा:   आज माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व पोखरामा पनि मनाइएको छ । देशभर नै स्नान, जप, तप,ध्यान साधना, दान आदी गरी माघे सङ्क्रान्ति मनाइँदै छ ।  पोखराको विभिन्न स्थानमा रहेक...

थप पढ्नुहोस्