धरानलाई पराजित गर्दै एपिएफ आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पाेखरा | पुस १६, २०७९

धरानलाई पराजित गर्दै एपिएफ आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

पोखराः   साविक विजेता नेपाल एपिएफ फुटबल क्लब आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । 


सहारा क्लब पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपमा  आज (शनिबार) पोखरा रंगशालामा भएको पहिलो क्वार्टरफाइनलमा धरान एफसीलाई २–० ले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । एपिएफले पहिलो हाफमै दुई गोलको अग्रतालाई जोगाउँदै सेमिफाइनलमा प्रवेश पक्का गरेको हो । 


एपिएफलाई जित दिलाउन विकु तामाङ र युवराज खड्काले गोल गरे । खेलको ३७ औं मिनेटमा विकुको गोलमा एपिएफले अग्रता लिएको हो । मैदानमा झण्डै मध्यबाट आएको पासलाई नियन्त्रणमा लिँदै विकुले उत्कृष्ट फिनिसिङ गरेका थिए । युवराजले ४० औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए ।


म्यान अफ दि म्याच समेत घोषित भएका विकुले पहिलो हाफमै गोल गर्न सकिएको र सबैले मेहनत गरेका कारण खेल जित्न सफल भएको बताएका छन् । पहिलो समय टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको जनाउँदै उनले भने,‘ केहि राम्रो विदेशी खेलाडी ल्याउने हो भने हामी लिग पनि जित्न सक्छौं ।’


पहिलो पटक गत वर्ष आहा ! रारा गोल्डकप जितेको एपिएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लब वा संकटा क्लबमध्ये एकको पुस २० गते को सामना गर्नेछ ।


प्रतियोगितामा आइतबारको क्वार्टरफाइनलमा सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियन मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको थियो । विजेता टोलीले उपाधिसहित १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्